तीन फरार अभियुक्त पक्राउ

0
Shares

न्युज अफ नेपाल, पाल्पा ।

अदालतबाट दोषी भई फरार रहेका तीनजना अभियुक्तलाइ जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । प्रहरीले पाल्पा जिल्ला अदालतबाट लागुऔषध र चोरी मुद्दामा दोषी ठहर भएका उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीका अनुसार पक्राउ पर्नेमा तिनाउ गाउँपालिका ६ का २५ वर्षीय सीता बुचा मगर, सोही स्थानका ४२ वर्षीय खुमबहादुर वि.क र तानसेन १० बस्ने २७ वर्षीय गणेश राना रहेका छन् । पक्राउ परेका बुचा र विक लागुऔषध मुद्दा र राना चोरी मुद्दामा दोषी ठहर भएका थिए ।

अदातलले दोषी करार गरेपनि उनीहरु फरारको सूचिमा रहेका थिए ।सूचना अधिकारी मदन गिरीका अनुसार उनीहरुलाई आवश्यक कारवाहीका लागि अदालतमा बुझाईएको छ ।