न्युज अफ नेपाल, काठमाडौं ।
आज देशभर थप चार हजार ३६४ कोरोना संक्रमित फेला परेका छन् । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा दुई हजार ६७५ जना डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।











प्रतिक्रिया