विद्यालय हिँडेकी बालिकाको नहरले बगाएर मृत्यु

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पर्वतको फलेवास नगरपालिकामा नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । विद्यालय जाँदै गर्दा नहरले बगाउँदा फलेवास नगरपालिका – ६ देविस्थान स्थित चन्दनीकी आठ बर्षिया श्रीयासी रानाको मृत्यु भएको हो ।

विहान ११ बजे बोडिङ हिँडेकी बालिका स्थानीय चौविस कुरिया लैजाने नहरमा चिप्लिएर नहरमा खसेकी थिईन् । बालिकालाई नहरले बगाउँदा सँगै रहेका भाईले स्थानीयलाई खवर गरेर थिए । बालिकालाई नहरले बगाएर ५ मिटर तल पुर्‍याएको र स्थानीयले तत्काल उद्धार गरी धुलिखेल अस्पताल खानीगाउँमा उपचारका लागि लगेपछि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बालिका स्थानीय फलेबास मोडल इग्लिस बोडिङ स्कुलमा कक्षा २ मा अध्ययनरत थिईन । अनुसन्धानका लागि प्रहरी टोली घटनास्थमा पुगको छ । जिल्लाकै सबैभन्दा ठुलो र लामो मानिएको फलेवास नहरले बगाउँदा गतबर्ष एक बृद्धको समेत मृत्यु भएको थियो ।