जिनोम एडिटिङमा सटिक विधि पत्ता लगाउने दुई वैज्ञानिक रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित


स्टकहोम, (एजेन्सी)
रसायनशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार जिनोम एडिटिङको विधि पत्ता लगाएकोमा इम्यानुयल सार्पेन्टियर र जेनिफर डाउड्नालाई प्रदान गर्ने घोषणा गरिएको छ ।
उनीहरुले आणुवंश प्रविधिमध्येको एक अत्यन्तै तीक्ष्ण उपकरण सीआरआईपीआर÷कास–९ जेनेटिक सिजरको विकास गरेका थिए । यस विधि र उपकरणको प्रयोगबाट शोधकर्ताहरु जनावर, बोटविरुवा र सूूक्ष्म जीवहरुको डीएनएमा अत्यन्तै सटिक हेरफेर गर्न सक्षम भएका छन् ।
रोयल स्विडिस एकेडमी अफ साइन्सेसका महासचिव गोरान के ह्यानसनले यस वर्षको पुरस्कार जीवनको कोड लेखनलाई गएको बताए ।
अमेरिकी बायोकेमिस्ट जेनिफर ए डाउडना र फ्रेन्च माइक्रोबायोलोजिस्ट इम्यानुयल सार्पेन्टियर संयुक्तरूपमा नोबेल पुरस्कार पाउने पहिलो महिला हुन् भने रसायनशास्त्रतर्फको पुरस्कार जित्ने छैटौं र सातौं महिला हुन् । मंगलबार भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलका बारेमा खोज गरेका तीन वैज्ञानिक रोजर पेनरोज, रेनहार्ड गेन्जेल र एन्ड्रिया गेजलाई प्रदान गरिएको थियो ।
त्यसै गरी, चिकित्सातर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्तालगाएकोमा अमेरिकी तथा बेलायती तीन वैज्ञानिक हार्बे जे अल्टर, माइकल हगटन र चाल्र्स एम राइसलाई प्रदान गर्ने घोषणा गरिएको थियो । उनीहरुको खोजका कारण रोगको जाँच तथा उपचार विधिको विकास सम्भव भएको बताइएको छ ।
बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार र शुक्रबार नोबेल शान्ति पुरस्कार विजेताको नाम घोषणा हुनेछ । यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि नाम सिफारिसमा परेकाले सबैका लागि कौतुहलको विषय बनेको छ । शान्ति स्थापना गर्न योगदान पु¥याउने तथा सामाजिक कार्यमा गरी लोकको हितमा आफ्नो जीवन अर्पण गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिने नोबेल शान्ति पुरस्कारको नोबेल पुरस्कारमा पनि विशेष महत्व राख्छ ।
त्यस्तै, अर्को हप्ता सोमबार अर्थशास्त्रतर्फको पुरस्कार विजेताको नाम घोषणा गरिनेछ ।