डा. केसीको अनसनको सन्दर्भमा छलफल गर्न शिक्षा मन्त्रालयद्वारा तीन सदस्य वार्ता टोली गठन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

डा. गोविन्द केसीको अनसनको सन्दर्भमा छलफल गर्न शिक्षा मन्त्रालयले तीन सदस्य वार्ता टोली गठन गरेको छ ।

मन्त्रालयले शिक्षा सचिव गोपीनाथ मैनालीको समायोजनमा गुणराज लोहनी, स्वास्थ्य मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्माको तीन सदस्य वार्ता टोली गठन गरेको हो ।

विगत २४ दिनदेखि अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । देशभर केसीको समर्थनमा विरोध कार्यक्रम जारी गरिएको छ । यस्तै, केसीको जिवनरक्षाका लागि नेपाल चिकित्सक संघले आज विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको छ।