जिनोम एडिटिंगमा सतिक विधि पत्ता लगाउने दुई वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार


स्टकहोम (एजेन्सी) ।

रसायनशास्त्र तर्फको यस बर्षको नोबेल पुरस्कार जिनोम एडिटिंगको विधि पत्ता लगाएकोमा इम्यानुयल सार्पेन्टियर र जेनीफर डाउड्नालाई प्रदान गर्ने घोषणा गरिएको छ ।

उनीहरुले आणुवंश प्रविधिमध्यको एक अत्यन्तै तिक्ष्ण उपकरण सीआरआईपीआर÷कास९ जेनेटिक सीजरको विकास गरेका थिए । यस विधि र उपकरणको प्रयोगबाट शोधकर्ताहरु जनावर, बोटविरुवा र शुक्ष्म जीवहरुको डिएनएमा अत्यन्तै सतिक हेरफेर गर्न सक्षम भएका छन् ।

रोयल स्विडिस एकेडमी अफ साइन्सेसका महासचिव गोरान के ह्यानसनले यस बर्षको पुरस्कार जीवनको कोड लेखनलाई गएको बताए ।
अमेरिकी बायोकेमिस्ट जेनिफर ए डाउडना र फ्रेन्च माइक्रोबायोलोजिस्ट इम्यानुयल सार्पेन्टियर संयुक्त रुपमा नोबेल पुरस्कार पाउने पहिलो महिला हुन् भने रसायन शास्त्र तर्फको पुरस्कार जित्ने छैथाृ र सातौं महिला हुन् ।

मगलबार भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार ब्ल्याक होलका बारेमा खोज गरेका तीन बैज्ञानिक रोजर पेनरोज, रेनहार्ड गेन्जेल र एन्ड्रिया गेजलाई प्रदान गरिएको थियो । त्यसैगरी चिकित्सा तर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्तालगाएकोमा अमेरिकी तथा बेलायती तीन वैज्ञानिक हार्बे जे अल्टर, माइकल हगटन र चाल्र्स एम राइसलाई प्रदान गर्ने घोषणा गरिएको थियो । उनीहरुको खोजका कारण रोगको जाँच तथा उपचार विधिको विकास सम्भव भएको बताइएको छ ।

विहिबार साहित्य तर्फको नोबेल पुरस्कार र शुक्रबार नोबेल शान्ति पुरस्कार विजेताको नाम घोषणा हुनेछ । यसबर्षको नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि नाम सिफारिसमा परेकोले सबैका लागि कौतुहलको विषय बनेको छ । शान्ति स्थापना गर्न योगदान पुर्याउने तथा सामाजिक कार्यमा गरी लोकको हितमा आफ्नो जीवन अर्पन गर्ने ब्यक्ती तथा संस्थालाई प्रदान गरिने नोबेल शान्ति पुरस्कारको नोबेल पुरस्कारमा पनि विशेष महत्व राख्छ । त्यसगरी अर्को हप्ता सोमबार अर्थशास्त्र तर्फको पुरस्कार विजेताको नाम घोषणा गरिनेछ ।