देशभर एकैदिन थपिए ३,४३९ कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर ३,४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै, २४ घण्टामा थप ११ सय २६ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ। आज देशभर १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गरिएको थियो जसमा ३४३९ जनालाई संक्रमण देखिएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको गौतमले जनाएका छन् ।