पाल्पामा मंगलवार १४ संक्रमित थपिए

0
Shares

न्युज अफ नेपाल, पाल्पा।

मंगलवार पाल्पामा थप १४ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार आएको रिपोर्ट अनुसार समुदाय र क्वारेन्टाइनमा बसेका १४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सँगै पाल्पामा हालसम्म समुदाय स्तरका १७३ जनालाई कोरोना संक्रमण भएको छ भने जिल्ला भरमा कोरोना संक्रमितको संख्या ७८३ पुगेको छ । त्यसमध्ये २० जना स्वास्थ्यकर्मी छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलवार पूर्वखोला गाउपालिकाका ३ जना महिला र ९ जना पुरुष गरी १२ जना, रिब्दीकोट गाउँपालिकाका १ जना पुरुष र तानसेन नगरपालिकाका १ जना पुरुष कोरोना संक्रमित भएका हुन् ।

कार्यालयका अनुसार जिल्लामा हालसम्म ७१० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । मंगलबार कोरोना निको भएर १५ जना घरमा फर्किएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।