काठमाडौं उपत्यकाभर १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाभर थप १हजार १७ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्याले जानकारी दिएको हो । यससँगै, उपत्यकामा कोराना संक्रमितको संख्या ३२ हजार ६५ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।