न्युज अफ नेपाल, काठमाडौं ।
आज देशभर थप १ हजार ५५१ जना कोरोना संक्रमित भेटिएका छन् ।
यससँगै, कूल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टा २ हजार ३४० जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ६७ हजार ५४२ जना पुगेको छ ।
आज देशभर ११ हजार ४७ जनाको पीसीआर परीक्षणमा गरिएको थियो जसमा१ हजार ५५१ जनामा कोरोना पोजिटिभ देखिएको ओ । हाल देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेको गौतमले बताए ।











प्रतिक्रिया