दुई हप्तादेखि बेपत्ता नारायण मृत फेला

0
Shares

न्युज अफ नेपाल, पाल्पा ।

दुई हप्ता अघि घरबाट आफूखुशी हिडेर सम्पर्क विहीन भएका एक व्यक्ति मृत फेला परेका छन ।

यहाको रम्भागाउ पालिका – २ गाबुडाँडाका ५० वर्षीय नारायण बहादुर जर्घा सोमबार आफ्नै घरदेखि १ कि.मी पूर्वतर्फ रहेको गाबुडाँडा लेधेम पहाडको खोल्सामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरी, स्थानीय र आफन्तले खोज्ने क्रममा उहाँ सोमबार मृत भेटिएको प्रहरीले जनाएको छ ।