उपत्यकामा एकैदिन १,५३१ कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३१ हजार ४८ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

एकैदिन काठमाडौं उपत्यकामा थप १, ५३१ जना कोरोना संक्रमति भेटिएका छन् ।

आज काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, उपत्यकामा संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ।

जसमध्ये, काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार २३३ र भक्तपुरमा २ हजार ५९१ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।