न्युज अफ नेपाल, काठमाडौं ।
आज देशभर थप २,४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार १३३ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । आज मात्रै १३ हजार ७८१ जनाको पीसीआर परीक्षणमा गरिएको थियो । जसमा २४४० जनामा संक्रमण देखिएको हो ।
हालसम्म देशभर २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित रहेको गौतमले जानकारी दिएका छन् ।











प्रतिक्रिया