१० हजार नगदसहित ५ जुवाडे पक्राउ

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

सुर्यविनायक नगरपालिका ३ बालकोटस्थित पुर्वेली खाजा घरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त खाजा घरका संचालक वालकोट बस्ने सोलु नेचा घर भएका ४१ वर्षीय तेन्जो राई, सुनसरी धरान उपमहानगरपालिका१५ का ३४ वर्षीय दिपेन्द्र लिम्बु, सोही ठाउँ घर भएका ३६ वर्षीय हरि बहादुर सिंजाल मगर, उदयपुर गाईघाट नगरपालिका१३ घर भएका ३६ वर्षीय शंखर रेग्मी र रामेछाप मन्थली नगरपालिका १ घर भएका २६ वर्षीय नितेश घिमिरे रहेका छन् ।

खाजा घरमा तास खेलिरहेको अबस्थामा उनीहरुलाई महानगरीय प्रहरी प्रभाग वालकोटबाट खटिएको प्रहरीले नगद १० हजार २ सय ९० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको प्रभागका ईन्चार्ज सई प्रकाश बगालेले बताउनुभयो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।