काठमाडौं उपत्यकामा एकैदिन थपिए १५९९ कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १५९९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै उपत्यकामा संक्रमितको संख्या २९ हजार ५ सय १७ पुगेको छ ।

हालसम्म काठमाडौंमा २४ हजार ४६, ललितपुरमा २ हजार ९८३ र भक्तपुरमा २ हजार ४८८ संक्रमित पुगेका छन्।