लामालाई सेकेन्ड क्लास रेफ्री लाइसेन्स


काठमाडौं, (नेस)
तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका छन्। यो उपलब्धि हासिल गर्न विश्व तेक्वान्दो (डब्लुटी) ले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी हुनपर्ने प्रावधान छ। यसका लागि कम्तीमा ३ वर्षको अनुभवका साथै ५ अंक हासिल गर्नुपर्ने छ।

लामाले २००८ मा बैंकक, २०१२ मा मलेसिया, २०१२ र २०१५ मा चीन तथा २०१९ मा अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागिता जनाएका थिए। त्यस्तै, २०१९ मै अस्ट्रेलियामै भएको प्रेसिडेन्ट कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले लामालाई डब्लुटीबाट प्राप्त प्रमाण पत्र शुक्रबार हस्तान्तरण गरेका थिए। लामा पुम्से विधामा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स पाउने नेपाली रेफ्री हुन्।