न्युज अफ नेपाल, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जना सुरक्षाकर्मी र सचिवालयका चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सबै भेटघाट बन्द गरिएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना पुष्टि भएको हो । यस्तै, बालुवाटारमा कार्यरत नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका तीन जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो ।
ठूलो संख्यामा सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि बालुवाटारमा सुरक्षाकर्मीको नयाँ टोली परिवर्तन गरिने भएको छ ।
अझै, बालुवाटारमा कार्यरत ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ।











प्रतिक्रिया