न्युज अफ नेपाल, पाल्पा ।
पाल्पामा वितेका तीन दिनमा तीनको अनौठौं संयोग मिलेको छ । वितेका तीनदिनमा लगभग एउटै प्रकृतिका तिनवटा घटनामा तीनजनाको मृत्यु भएको छ ।
वर्षातको समयमा सावधानी अपनाउदा अपनाउदै पनि पाल्पा जिल्लामा दुइदिनमा दुइजनाको रुखबाट लडेर मृत्यु भएको छ भने एकजनाकोृ गोठबाट लडेर मृत्यु भएको छ । सुक्रवार र शनिवार जिल्लाको तिनाउ र वगनासकालीमा दुइ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार साजको रुखबाट लडेर तिनाउ गाउँपालिका ४ का २३ वर्र्षीय रेवत बहादुर पल्लीको रुखबाट लडेर मृत्यु भएको हो ।
पल्ली आफ्नै घर नजिकै रहेको साजको रुखमा चढी घाँस काट्ने क्रममा लडदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटानाको जानकारी हुन साथ दोभान चौकीबाट प्रहरी.नायव .निरिक्षक . सोम बहादुर सारुको कमाण्डमा ३ जनाको टोली र जि.प्र.का.पाल्पाबाट प्र.नि. सुरज श्रेष्ठको कमाण्डमा ५ जनाको टोली खटिई लासलाइ पोष्टमार्टमको लागि ल्याएको प्रहरीले जनाएको छ घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
शुक्रवार नै रुखबाट लडेर एक पुरुषको मृत्यु भएको थियो । वगनासकाली गाउँपालिका खानिछाप बस्ने ४८ वर्षीय रोमन सिं सारुको रुखबाट लडेर मृत्यु भएको हो ।
सारु घर नजिकै रहेको जंगलमा कुटमेरोको रुखमा चढी घास काट्ने क्रममा अचानक रुखबाट खस्न गई घाईते भएका थिए । उनको उपचारको लागि युनाईटेड मिसन अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । लगातार वर्षात भइरहेकोले रुखहरु चिप्लो भएको कारण घाँस काट्दा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।
त्यस्तैे विहीवार पनि जिल्लाको रैनादेवी छहरा गाउपालिका वडा नं ४ म्यालढावका ७२ वर्षिय गोपालसिह सोमैको राती गोठमा सुतेकोमा राती लडेर मृत्यु भएको अवस्थामा भेटिएका थिए ।











प्रतिक्रिया