काठमाडौं उपत्यकामा थप १ हजार १७७ कोरोना संक्रमित भेटिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा थप १ हजार १७७ कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा मात्र १ हजार १ जना, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको छ ।

काठमाडौंमा २२ हजार ६ सय ७४, ललितपुरमा २ हजार ७ सय ९६ र भक्तपुरमा २ हजार ४ सय ४८ संक्रमित पुगेका छन्।