आज देशभर थप २१२० जनामा कोरोना पुष्टि, २०४४ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशभर थप २१२० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, आज २०४४ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ । यसैबीच आज थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १२९७८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

हालसम्म देशभर २१,३०२ संक्रीय संक्रमित रहेका छन् ।