प्रदेश राजधानी सार्ने प्रस्तावविरुद्ध बुटवलका संघ संस्थाकोे आपत्ति, आन्दोलन चर्काउने चेतावनी

0
Shares

न्युज अफ नेपाल, बुटवल ।

प्रदेश ५ को स्थायी राजधानी बुटवल बाट अन्यत्र सार्ने प्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश भएको प्रस्ताव प्रती बुटवलका संघ संस्थाकोे कडा आपत्ति जनाएका छन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बहुसंख्यक जनताको केन्द्र ,पूर्वाधारका हिसाबले सुबिधासम्पन्न , राजधानीको नाममा यहाँका सामाजिक संघ संस्थाहरुले आफना सुबिधा सम्पन्न वन समेत सरकारलाई उपलब्ध गराएको र उपयुक्त रुपन्देही जिल्लाबाट राजधानी सारेर दाङ² लैजाने निर्णय अव्यवहारीक र अदुरदर्शि भएको संघको ठहर छ ।

संघका अध्यक्ष समुन्द्र जिसी र महासचिव माव कुमार खनालद्धारा जारी विज्ञप्तिमा बुटवलमा स्थायी राजधानी स्थापना गर्न विगत लामो समयदेखि यस क्षेत्रका व्यवसायिक संघसंस्था र आम सर्वसाधारणले गरेको योगदानलाई अवमुल्यन एको ठहर समेत गरिएको छ ।

विज्ञप्तिमा राजनैतीक पूर्वाग्रही मानसिकता कारण हालको विषम परिस्थिीतिको समेत ख्याल नराखी प्रस्ताव पेश गरिनु यस क्षेत्रका व्यवसायी र जनमत माथी खेलवाड गर्न खोजिएको उललेख गरिएको छ ।

देशका हरेक आन्दोलनको उर्वर भूमिका रुपमा परिचित बुटवलका व्यवसायी र आम जनताको शक्तिलाई कमजोर आकलन नर्गन र बुटवललाई नै स्थायी राजधानी कायम गर्न संघले माग गरेको छ ।

विज्ञप्तिमा प्रदेश नं ५को स्थायी राजधानी बुटवको विकल्प नरहेको भन्दै यसको बिकल्प खोजिए जस्तो सुकै आन्दोदन गर्न र सडकमा सुन्त बाध्य हुन परेपनि तयार रहेको चेतावनी समेत दिईएको छ ।

यसैकबीच रुपन्देही उद्योग संघले प्रदेश ५ को स्थायी राजधानी बुटवल बाट अन्यत्र सार्ने प्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश भएको प्रस्ताव प्रती गम्भिर ध्यानाकर्षण भएको छ । बहुसंख्यक जनताको केन्द्र , पूर्वाधारका हिसाबले सम्पन्न र उपयुक्त रुपन्देही जिल्लाबाट राजधानी सारेर दा² लैजाने निर्णय अव्यवहारीक र अदुरदर्शि भएको संघको ठहर छ । बुटवलमा स्थायी राजधानी स्थापना गर्न विगत लामो समयदेखि यस क्षेत्रका प्रदेश नं ५को स्थायी राजधानी बुटवको विकल्प नरहेको यस परिप्रेक्षमा प्रदेश सभामा सहभागी सम्पूर्ण पार्टी र सभासदज्यूहरुलाई समेत यस विषयमा आफ्नो अडान कायमै राख्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

त्यस्तै रुपन्देही व्यापार संघले पनि रुपन्देहीको बुटवलमा रहेको प्रदेश ५ को अस्थायी राजधानीलाई प्रदेश सरकारले दाङको भालुवाङमा स्थायी राजधानी बनाउने निर्णय गरि प्रदेश बैठकमा प्रस्ताव दर्ता गरेको कदमप्रति कडा निन्दा तथा भत्सर्ना गरेको छ ।

संघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानीधि भण्डारीले संयुक्त रुपमा जारी विज्ञप्तिमा लामो राजनीतिक आन्दोलनपछि मुलुकमा संघीय गणतन्त्र स्थापना भएको र राज्यको पुरनसंरचनाका क्रममा मुलुकलाई ७ प्रदेशमा विभाजन गरि सोही अनुसार सरकार सञ्चालन भएको अवस्थामा प्रदेशको स्थायी राजधानीको टुगों लगाउनु पर्नेमा जनभावना विपरित राजधानी सार्ने प्रस्ताव अगाडी सारिएकोमा आपत्ति प्रकट गरिएको छ ।

प्रदेश निमार्ण भएसंगै त्यसलाई कार्यान्वयनमा ल्याउन र राजधानीको स्थायीत्वका लागी आवश्यक भौतिक संरचनाको व्यवस्था गर्न संघले आफ्नो भवन प्रदेश सरकारलाई उपभोग गर्न दिएको स्मरण गर्दै संघले राजधानीका लागि सबै प्रकारले उपयुक्त स्थान रुपन्देही नै रहेको कुरामा कुनै दुई मत नभएको जनाएको छ ।

संघले रुपन्देही बुटवलबाट प्रदेश राजधानी सार्ने प्रदेश सरकारको निर्णयलाई खारेज गराउन र रुपन्देहीलाई राजधानी तोक्न सबै व्यवसायीक संघसंस्था, पेशागत संगठन र आम सर्वसाधारणलाई एक जुट भएर अगाडी आउन हार्दिक अपिल समेत गरेको छ ।