रौतहटमा एक किशोरीको हत्या, बलात्कारको आशंका

0
Shares

सञ्जय कार्की, रौतहट ।

रौतहटमा एक किशोरीको शुक्रबार हत्या भएको छ । गढिमाई नगरपालिका –१ निबासी समनपुर निबासी १६ बर्षिय एक किशोरीको बलत्कारपछि हत्या भएको अनुमान गरिएको छ ।

तीन दिन अघि मामा घर आएकी १६ बर्षिय सम्झा साह कानुको कृन्दाबन नगरपालिका–४ स्थित उखुबारीमा हत्या भएको छ । उनी माथि करणी पश्चात हत्या भएको अनुमान स्थानीयको रहेको छ तर पोष्टमार्टम रिर्पोट भने आउन बाकी रहेको छ । उनको हत्याको बिषय लाई लिएर दुई घण्टा पछि ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक रबी राउत, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिध्दी बिक्रम शाह, प्रहरी प्रबक्ता भरत श्रेष्ठसंग घटनाको बिबरण माग्दा सम्म अनभिज्ञता प्रकट भएको छ ।

रौतहटमा पछिल्लो समय हत्या, बलत्कार हिसाका घटनामा बृिध्द भैरहेको छ । जादै छु पुगेपछि भन्छु तीेनै जना अधिकृतको जबाफ यस्तो रहेको छ । पछिल्लो समय प्रहरी सत्य सेबा सुरक्षण भन्दा पनि कमिसन तिर बढि केन्द्रित भएका कारण पनि अपराधिकृ घटनामा बृध्दि भएको स्थानीयबासीको भनाई रहेको छ ।