काठमाडौं उपत्यकामा हालसम्मकै धेरै १६३८ जनालाई कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा हालसम्मकै धेरै १६३८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै, उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ । जसमा काठमाडौंमा २१ हजार ६७३ ललितपुरमा २ हजार ६८७ र भक्तपुरमा २ हजार ३८१ संक्रमित रहेका छन् ।