आज देशभर थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ३०७ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ६० हजार १९६ पुगेको छ ।

यस्तै, आज १४ हजार ७३९ जनाको पिसिआर परिक्षण गरिएको थियो । जसमध्ये २७२२ जनामा संक्रमण देखिएको हो । देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन् ।