कोरोना संक्रमणका कारण भक्तपुर अस्पतालमा एक महिलाको मृत्यु

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

कोरोना भाइरस संक्रमणका कारण भक्तपुर अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका–८ की ७२ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा आज बिहान मृत्यु भएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो । मृतक महिलामा गत असोज ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंको एक अस्पतालमा उपचार गराई राखेकी महिलाको स्वास्थ्यमा जटिल समस्या आएपछि उक्त अस्पतालमा आइसियु नभएपछि भक्तपुर अस्पतालमा आईतबार रिफर भएर आएको मेसु. डा. गौतमले बताउनुभयो । आइसियुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि भक्तपुर अस्पतालमै उपचारत कोरोना संक्रमित सप्तरी घर भई हाल भक्तपुरको व्यासीमा बस्ने ४७ वर्षीय पुरुषको पनि हिजो मृत्यु भएको थियो ।

उनी खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पतालमा भर्ना भएका थिए ।  अस्पतालका सूचना अधिकारी डा. सुनिल ढुंगेलले संक्रमण पुष्टि भएका पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएकोे बताउनुभयो ।