बायर्नलाई जर्मन सुपर कपको उपाधि

0
Shares

बर्लिन, (एजेन्सी)
बायर्न म्युनिखले सिजन २०२० को जर्मन सुपर कप फुटबलको उपाधि जितेको छ।
बुधबार राति भएको उपाधि भिडन्तमा गत सिजनको बुन्डेसलिगा च्याम्पियन बायर्नले आफ्नो घरेलु मैदानमा बोरुसिया डर्टमुन्डमाथि ३–२ गोलअन्तरको जित निकाल्दै उपाधि जितेको हो। बायर्नलाई जिताउन खेलको १८औं मिनेटमा कोरेन्टिन टोलिसोले पहिलो गोल गरेका थिए।
त्यस्तै, ३२औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । त्यसपछि डर्टमुन्डका लागि जुलियन ब्रान्डटले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए। तर, दोस्रो हाफमा डर्टमुन्डले कमब्याक प्रयास गरे पनि खेलको अन्तिम समयमा गोल व्यहोरेपछि उपाधि गुमाउनुपरेको थियो।
खेलको ५५औं मिनेटमा डर्टमुन्डका लागि अर्लिङ हल्यान्डले बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पु¥याएका थिए। तर, खेलको ८२औं मिनेटमा जोसुवा किमिचले गोल गरेपछि खेल बायर्नले ३–२ ले जितको हो।
यससँगै नयाँ सिजन शुरू भएयता बायर्नले लगातार दोस्रो उपाधि जितेको छ। केही साताअघि बायर्नले यँईएफए सुपर कपको उपाधि भिडन्तमा स्पेनिस क्लब सेभियालाई हराएर उपाधि जितेको थियो। बायर्नले अब फिफा क्लब विश्वकप पनि खेल्न बाँकी छ।