स्कुटी दुर्घटना हुदाँ २४ वर्षिय सोहिराको ज्यान गयो

0
Shares

यमलाल भुसाल, बुटवल ।

बुटवल उपमहानगरपालिका ९ मिलनचोकबाट बसपार्क तर्फ जादै गरेको लु ४४ प ६११६ नम्बरको स्कुटी आफै अनियन्त्रीत भई दूर्घटना हुदाँ बर्ष २४ की सोहिरा प्रधानको ज्यान गएको छ ।

यही मंगलवार १३ गते साझँ पौने ७ बजेको समयमा मिलनचोकबाट बसपार्क तर्फ जादै गरेको लु ४४ प ६११६ नं. को स्कुटी आफै अनियन्त्रीत भई पल्टिदाँ स्कुटी चालक जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ बस्ने बर्ष २६ को सन्दिप श्रेष्ठ र स्कुटी पछाडी सवार तिलोत्तमा नगरपालिका २ जानकीनगर बस्ने बर्ष २४ की सोहिरा प्रधान घाईते भएका थिए ।

दुवै जनाको टाउकोमा गम्भिर चोट लागेकोमा क्रिमशन अस्पताल मणिग्राममा उपचारका लागि लगिएकोमा उपचारको क्रममा विहिवार दिउसो प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारीतथा प्रहरी प्रवक्ता पहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताउनु भयो ।