न्युज अफ नेपाल, काठमाडौँ ।
नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट एक डाक्टरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कर्णाली प्रदेश अस्पतालका ५८ वर्षीय अर्थोपेडिक सर्जन डा. हरि सापकोटा रहेका छन् । कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा भेरी अस्पताल बाँकेमा मृत्यु भएको हो ।
उनलाई भदौ ३१ गते कर्णाली प्रदेश कोभिड अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि असोज २ भेरी अस्पताल बाँकेमा रिफर गरिएको थियो । डा। सापकोटा ११औँ तहका सरकारी डाक्टर थिए ।











प्रतिक्रिया