न्युज अफ नेपाल, काठमाडौं ।
आज काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै उपत्यकामा संक्रमितको संख्या २५ हजार १०३ पुगेको छ।
आज थपिएका ९४३ मध्ये काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा २ हजार १८५ संक्रमित पुगेका छन्।











प्रतिक्रिया