आज देशभर थप १९११ जनामा कोरोना संक्रमण पुष्टि, ९११ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ९११ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । हाल देशभर ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।