रौतहट प्रहरी हिरासतमा एक महिलाको मृत्यु

0
Shares

सञ्जय कार्की, रौतहट ।
थुनुवाको हिरासतमा मृत्यु प्रकरण शेलाउन नपाउदै गरुडा स्थित महिला बालबालिका सेबा केन्द्रको हिरासतमा रहेकी एक महिलाको बुधबार मृत्यु भएको छ ।
परपुरुष संग अनैतिक सम्बन्ध राखेको आरोपमा पक्राउ परेकी गुजरा नगरपालीका– २ कटानी बजारकी राधिका राउतको प्रहरी हिरासतमा मृत्यु भएको छ । उनलाई सोही स्थानका २१ बर्षिय सम्राट तामाङसंग अनैतिक सम्बन्ध राखेको भन्दै उनका श्रीमान समुन राउतले नियन्त्रणमा लिएर वडाअध्यक्ष अशोककुमा थारुको रोहबरमा रंगपुर प्रहरी चौकी लाई बुझाएका थिए ।
रङ्गपुर प्रहरी चौकीले दुबैलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको जिम्मा लगाएपछि ती महिलालाई गरुडास्थित महिला बालबालिका सेबा केन्द्रमा हिरासतमा राखिएको थियो । बेलुका खाना खाएर सुतेकी ती महिला बिहान एकैपल्ट मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले भने उनी छारे रोगको बिरामी रहेको जनाएको छ । उता ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको बिजय महराको मृत्यु प्रकरण शेलाउन नपाउदै पुन अर्को घटना घटेको छ ।
मृतक राउतले आफु मृगी (छारे रोग) को बिरामी भएको र लामो समय देखी औषधि सेवन गरिरहेको प्रहरी समक्ष बयान दिएको स्रोतले बतायो ।