लोरेन्जोले जिते दुई दिन लम्बिएको खेल


पेरिस, (एजेन्सी)
इटालीका लोरेन्जो गिउस्टिनोले पे्रmन्च ओपन ग्रान्डस्लाम टेनिस प्रतियोगिताको इतिहासमा सबैभन्दा दोस्रो लामो समयको खेलमा जित हात पारेका छन्।

गिउस्टिनोले पे्रmन्च खेलाडी कोरेन्टिन माउटेटलाई ६ घण्टा ५ मिनेटको समय लगाएर हराएका हुन्। उनले सो ऐतिहासिक खेलमा ०–६, ७–६, ७–६, २–६ र १८–१६ को म्याराथन पाँच सेटमा जित हासिल गरेका थिए। गिउस्टिनोले पाँचौं तथा निर्णायक सेट करिब ३ घण्टामा हात पारेपछि खेलको अन्त्य भएको थियो।

दुई दिनसम्म लम्बिएको उक्त खेलमा १ सय ८४ वटा अनावश्यक गल्तीको पनि कीर्तिमान बनेको थियो। सोमबार तेस्रो सेटमा गिउस्टिनो ४–३ को अग्रतामा रहँदा खेल रोकिएको थियो। अर्को दिन खेल्दा सो सेट गिउस्टिनोले टाइब्रेकरमा जितेका थिए। तर, चौथो सेटमा पुनरागमन गर्दै माउटेटले सहजै ६–२ ले सेट जिते।

निर्णायक सेटमा गिउस्टिनोले ३–० को अग्रता लिए पनि माउटेटले उनलाई सहजै खेल जित्न दिएनन्।
यसअघि पे्रmन्च ओपनमा सबैभन्दा लामो समयको खेल सन् २००४ मा भएको थियो। स्पेनका फाब्रिस सान्टोरोले फ्रान्सका अर्नाउड क्लेमेन्टलाई हराएको उक्त खेल ६ घण्टा ३३ मिनेटसम्म चलेको थियो।

समग्रमा ग्रान्डस्लाम टेनिसको इतिहासमा सबैभन्दा लामो खेल बिम्बल्डनमा भएको थियो। सन् २०१० मा भएको बिम्बल्डनमा जोन इस्नर र निकोलास महुतबीच भएको खेल ११ घण्टा ५ मिनेट चलेको थियो। सो खेल तीन दिनसम्म लम्बिएको थियो।

गिउस्टिनो विश्व वरीयतामा १ सय ४७ औं स्थानमा छन्। उनी छनोट भएर पे्रmन्च ओपनमा प्रवेश भएका हुन्। उनले यसअघि चार खेल हारेका थिए। उनले दोस्रो चरणमा अर्जेन्टिनाका १ं२औं वरीयता प्राप्त डिएगो स्वार्टजम्यानसँग खेल्नेछन्।

पिलिस्कोभा दोस्रो चरणमा
चेक खेलाडी कारोलिना पिलिस्कोभा जारी फ्रेन्च ओपनको दोस्रो चरणमा पुगेकी छन्। उनले इजिप्टकी खेलाडी मायार सरिफविरुद्धको खेलमा सम्भावित हार टारेकी हुन्। विश्व महिला टेनिस वरीयतामा १ सय ७२औं स्थानमा रहेकी मायारले पहिलो सेट टाइब्रेकमा जितेकी थिइन्।

तर, पछिका सेटमा भने विश्व नम्बर ४ महिला खेलाडी पिलिस्कोभाले सहजै जित हात पारेकी थिइन्। उनले दोस्रो र तेस्रो सेट क्रमशः ६–२ र ६–४ ले जितेकी हुन्। उनले हालसम्म ग्रान्डस्लाम प्रतियोगिता जितेकी छैनन्। उनको दोस्रो चरणमा सामना विश्व नम्बर ४३ स्थानकी यलेना ओस्टापेन्कोसँग हुनेछ।