सागर मनास्लु कलेजको ब्रान्ड एम्बासडर


काठमाडौं, (नेस)
मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पँर्वकप्तान सागर थापालाई ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ। सोसम्बन्धी सम्झौतापत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा थापाले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन्। सम्झौता एक वर्षका लागि गरिएको छ।
कार्यक्रममा अध्यक्ष लामाले मनास्लुले शिक्षासँगै खेलकुदको माध्यमबाट अतिरिक्त क्रियाकलापलाई पनि अति महŒवमा राखेको छ भन्ने सन्देश दिन पँर्वकप्तान सागर थापालाई ब्रान्ड एम्बासडर बनाएको धारणा व्यक्त गरे।
प्रिन्सिपल श्रेष्ठले नेपाललाई फुटबलको माध्यमबाट चिनाउन सफल खेलाडीलाई मनास्लुको ब्रान्ड एम्बासडर बनाउन पाउँदा खुसी लागेको बताउँदै खेलाडीलाई अवसर दिनुका साथै प्रतिभावान् खेलाडीको संरक्षण गर्न मनास्लु सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।
पँर्वकप्तान थापाले टिमसँग सहकार्य गर्ने अवसर दिएकोमा मनास्लु परिवारलाई धन्यवाद दिँदै खेलकुदको पाटोमा विशेषगरी फुटबलमा के गर्नुपर्छ त्यसका लागि सक्दो सहयोग गर्न तयार रहेको जनाए।
भारतमा सन् २०११ मा भएको साफ च्याम्पियनसिपअन्तर्गत समँह ‘बी’ को लिग चरणको खेलमा बंगलादेशविरुद्ध खेलको अन्तिम समयमा फ्रिकिकमार्फत सागरले गरेको गोलले विश्वव्यापी चर्चा कमाएको थियो।
यसै शैक्षिक वर्षदेखि शुरू भएको मनास्लुले यसअघि यँ–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बँलाई प्लस टँ अध्ययनका लागि पँर्ण छात्रवृत्ति दिएको थियो। मनास्लुले फुटबलका साथै बास्केटबल, तेक्वान्दो, क्रिकेट र भलिबल गरी हालसम्म ५५ खेलाडीलाई पँर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिसकेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए।