हिग्वेनलाई पहिलो खेलमै रिस उठ्यो

0
Shares

न्युयोर्क, (एजेन्सी)
अमेरिकी मेजर लिगमा पुगेका गोन्जालो हिग्वेनलाई पहिलो खेलमै रिस उठेको छ। इन्टर मायामीबाट अमेरिकी फुटबल लिगमा डेब्यू गरेका हिग्वेनले रिस थाम्न सकेनन्। उनले पेनाल्टीमा गर्न नसक्दा विपक्षीका खेलाडीले खुसी मनाउँदा उनलाई रिस उठेको थियो।
अर्जेन्टिनाका खेलाडी हिग्वेन मैदानमै विपक्षी खेलाडीसँग झगडा गर्न तम्सेका थिए। सो खेलमा फिलाडेल्फिया युनियनसँग उनको टोली इन्टर मायामी ३–० ले हारेको थियो। उनले गरेको ७७औं मिनेटमा प्राप्त पेनाल्टी प्रहारमा बल क्रसबार माथिबाट गएको थियो।
यसका बाबजुद मायामीका प्रमुख कोच डिएगो एलोन्सोले हिग्वेनको प्रदर्शनबाट खुसी भएको बताए। एलोन्सोले भने– ‘उनको कामसँग खुसी छु। मलाई लाग्यो उनी राम्रो लयमा रहेका छन्। उनलाई बढी खेल आवश्यक भएको छ र उनले अर्को खेलमा अझ राम्रो गर्नेछन्।’
सो खेलमा फिलाडेल्फियाका लागि एन्थोनी फोन्टानाले गोल गरेर इन्टरलाई पछि पारेका थिए। यसपछि इलसिन्होले दोस्रो गोल गरे भने ब्रेन्डेन आरोनसनले तेस्रो गोल गरेका थिए। अमेरिकी लिगमा मायामी अंक तालिकाको १३औं स्थानमा छ भने कोलम्बस क्रिउसँग २ अंकले पछि परेको फिलाडेल्फिया दोस्रो स्थानमा छ।