दुर्घटनामा एकै परिवारका ३ को मृत्यु


बारा, (नेस)
बाराको निजगढस्थित पूर्वपश्चिम लोकमार्गको पथलैया निजगढ सडक खण्डमा आइतबार साँझ बसको ठक्करबाट स्कुटीमा एकै परिवारका तीनको मृत्यु भएको छ ।

स्कुटीमा सवार श्रीमान् श्रीमती र उनीहरुको छोराको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका–१० लालगाउँका २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षकी श्रीमती ज्योति र एक वर्षीय छोरा रहेका छन् ।

पथलैयाबाट निजगढतर्फ आउँदै गरेको ना २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई विपरीत दिशाबाट आएको ना४ख ७२४४ नम्बरको यात्रुवाहक बसले साँझ ४ः४० बजे जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित लोकमार्गको दुधौरा खोला पुलनजिक ठक्कर दिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त एवम् प्रहरी नायबव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय सिमराको टोलीले बसलाई नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको मिश्रले जानकारी दिनुभयो ।