बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुष रहेका छन् ।

उनको राती १ः३० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । विराट मेडिकल कलेजबाट रिफर भएर आएका उनी यही असोज ८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए ।

कोरोना लक्षण देखिएपछि उनलाई बिराटनगरबाट धरानस्थित बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको उपचारकै क्रममा मृत्यु भएको छ ।