न्युज अफ नेपाल, रौतहट ।
रौतहटमा एक दम्पतीमाथी धारिलो हतियार प्रहार भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा आएको ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेश तिवारी घाइते भएका छन् भने उनकी पत्नि जगरामी देवीको मृत्यु भएको छ । हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय बलिराम मुखिया रहेको प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आक्रमणमा परी गम्भीर घाइते भएका महेशको वीरगञ्जस्थित एलएस न्युरो अस्पतामा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया