कोरोना बिर्साउन सांगीतिक ज्ञान


स्याङ्जा, (नेस)
गल्याङ नगरपालिका–१ मा रहेको रामनदी धाम संस्कृत गुरुकुलका विद्यार्थीले कोरोनाको प्रभाव कम गर्न भन्दै संगीत प्रशिक्षण लिइरहेका छन्।

मारुन एकेडेमी अफ परफमिङ आट्र्स वालिङको सहयोग तथा रामनदी धाम गुरुकुलको समन्वयमा एकहप्ते संगीत प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो। विद्यार्थीको मस्तिष्कमा कोरोनाका प्रभाव कम होस् र संगीतिक ज्ञान होस् भनेर संगीत पाठशाला सञ्चालन गरिएको गुरुकुलका प्रार्चाय कृष्णप्रसाद बस्यालले जानकारी गराए।

विद्यार्थीलाई पूर्वीय दर्शनामा आधारित शास्त्रीय संगीत र पश्चिमी शास्त्रीय संगीतका विविध क्षेत्र गायन, गितार, हार्मोनियम, मादल, किबोर्ड तथा बाँसुरी वाद्यवादनमा प्रशिक्षण दिइएको मारुन एकेडेमीका प्रमुख एवं संगीत गुरु पवन अधिकारीले बताए।