बैंकिङ कसुरका फरार प्रतिबादी पर्वतबाट पक्राउ


न्युज अफ नेपाल, पर्वत ।

बैंकिङ कसुरमा उच्च अदालत बुटवलबाट सजाय सुनाइएका फरार प्रतिबादी पर्वतबाट पक्राउ परेका छन ।

पर्वतको जिल्ला गाउँपालिका २ का ३० बर्षिय कृष्णबहादुर कार्कीलाई सोमबार जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीलाई पर्वत जिल्ला अदालतमा पेश गरि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।