अपांग दम्पतीलाई जीसीएसको सहयोग


काठमाडौं, (नेस)

नेपाल तेक्वान्दो संघका अध्यक्षसमेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपांग दम्पतीलाई राहत प्रदान गरेका छन्।

विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका अपांग दम्पतीलाई अध्यक्ष राणाले खाद्य सामग्री सहयोग गरेका हुन्।

उनीहरूलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले ३० केजी चामल, नुन, तेल, दाल र चिनी समान २–२ केजी, सिलिन्डरसहितको ग्यास सोमबार हस्तान्तरण गरेका छन्।

थलीस्थित अपांग दम्पती बस्ने डेरामा पुगी अध्यक्ष खड्काले सामग्री हस्तान्तरण गरेका थिए। कागेश्वरी मनोहरा नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा राहत दिइएको थियो।

अध्यक्ष खड्काले केही दिनअघि व्यक्तिगत १२ हजार रुपियँँ खर्चमा आलापोटस्थित अमरनाथ मन्दिरको सरसफाइका साथै रंगरोगन पनि गरेका छन्।

कोरोना भाइरसका कारण पहिले गरिएको लकडाउन र पछिको निषेधाज्ञाका कारण समस्यामा परेका विभिन्न व्यक्ति गरी जम्मा ४ सय १० परिवारलाई राहत वितरण गरिसकिएको अध्यक्ष खड्काले जनाएका छन्।