चट्याङले एकको मृत्यु, एक घाईते


शिक्षा पन्त, लमजुङ ।
लमजुङमा सोमबार साँझ परेको चट्टाङ लागेर एकको मृत्यु भएको छ । बेसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको मृत्यु भएको हो ।

चट्याङले मृतक विकको शरिरको विभिन्न भागमा चोट पुगी घाइते हुदाँ उपचारका क्रममा जिल्ला सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार सोही वडामा बस्ने २२ वर्षीय चिजा गुरुङ सोही चट्याङ पर्दा घाइते हुनुभएको छ । घाइते गुरुङलाई पनि जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

प्रहरीका अनुसार घाइते गुरुङलाई खुट्टा लगायत शरिरको विभिन्न भागमा चोट लागेको हुनाले उपचार भइरहेको छ ।