![](https://newsofnepal.com/wp-content/uploads/2020/09/Jholjhaal.jpg)
देशको राजनीतिक उतारचढावमा तथा जनताको समस्या, नेताहरुका कारण जनताले पाएको दुःख र पारिवारिक समस्याका विषयमा टेलिभिजनका लागि झोल झाल नामक सिरीयल निर्माण गरिएको छ।
आर्ट एभरेष्ट प्रालीको ब्यानरमा नृत्य निर्देशक तथा फिल्म निर्माता दिनेश पाख्रिनको निर्माणमा तयार पारिएको झोल झालमा कथा तथा निर्माण परिकल्पना पाख्रिनकै रहेको छ भने रवि गिरी, रमेश बस्नेत, तिर्थ थापा, कालु राना, निर्मल लामा, रोहित रुम्बा, रेसम फिरिरि, पवन नगरकोटी, सोम लामा, शैलस पहारी, रस्मी भट्ट, कविता राय, श्रृजना मल्ल ठकुरी, सविना मल्ल ठकुरी, निर्मल लामा, सुसिला निरौला ‘बिमली’, पवन केसी, जनक कार्की, बालकलाकार हेलेन पाख्रिन, आयुब बिष्टलगायतले अभिनय गरेका छन्। सिरियल आरएल मोक्तानले निर्देशन गरेका छन्।