विश्वव्यापी स्वास्थ्य सञ्जालमा जोडिने नेपाली प्रयास


नेपाल समाचारपत्र, काठमाडौं
नेपाली नर्स तथा मानसिक रोग विशेषज्ञहरूले विश्वव्यापी सञ्जाल निर्माणमा जोड दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को तीन दिनसम्म चलेको दोस्रो विश्व स्वास्थ्य सम्मेलनले २६ बुँदे घोषणा–पत्र जारी गर्दै नेपाली स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सञ्जालमा जोड्नुपर्ने आवश्यकतालाई जोड दिएको हो ।
आयोजक डा. सञ्जीव सापकोटाका अनुसार दोस्रो विश्व स्वास्थ्य सम्मेलनले तयार गरेको घोषणा पत्रमा डाक्टर, नर्स, फिजिसियनलगायत विश्वभरि छरिएर रहेका सबै स्वास्थ्यकर्मीलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको बताउनुभयो ।
घोषणापत्रले नेपालमा जडिबुटीजन्य औषधीको उत्पादन तथा विकास, मातृशिशु स्वास्थ्य, बालबालिका, किशोरकिशोरी तथा युवावस्थाको स्वास्थ्यलगायतका विषय पनि समेटेको छ ।
कार्यक्रमको समापनसत्रमा डा. दिनेश ज्ञवाली, डा. चन्द चटउत (सिकागो), डा. भूपेश खड्का, डा. कुश श्रेष्ठ (अस्ट्रेलिया), डा. बोधराज सुवेदी (पोल्यान्ड), डा. सुरज थापा (नर्वे), डा. निकिता पाठक, डा. लक्ष्मण पोख्रेल, डा. रमेश खोजु, डा. सरिता भट्टराई, डा. ईशान अधिकारी, डा. सुनिल शाह, डा.भूपेन्द्र बस्नेत, डा. नवराज केसी, डा. निस्हिता पाठक, डा. ड्रोना रसाइली (क्यानडा), डा. सरोज निरौला (क्यानडा), डा. पुरु श्रेष्ठलगायतले आफ्नोे धारणा राख्नुभएको थियो ।
समापनमा एनआरएनए आईसीसीका सहअध्यक्ष सत्यनारायण चौधरी, यस्मिन बेगम सइद, मञ्जु संग्रौला, एकनाथ खतिवडा, किरन सापकोटा, दोना पाण्डे, रजनी प्रधान, गोविन्द श्रेष्ठ (सिकागो), जनक बराल, मुकुन्द केसी प्रोफेसर (साउथ अफ्रिका), सुन्दरी लामा (नर्स स्पेन), विमला सापकोटा एनआरएनए युथ कोअर्डिनेटरलगायतले पनि बोल्नुभएको थियो ।
सम्मेलनमा करिब दुई सय स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।