गोठमा आगलागी हुँदा एक लाखको क्षति


न्युज अफ नेपाल, पाल्पा ।
पानी तताउने क्रममा गोठमा आगलागी हुँदा एक लाख वरावरको क्षति भएको छ ।

सोमवार विहान पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं ३ हार्थोक बस्ने बाबुलाल सुनारको खरको छानो भएको गोठमा पानी तताउने क्रममा आगो सल्केर आगलागी हुँदा उक्त क्षति भएको हो ।

प्रहरीका अनुसार मानवीय तथा चौपाया क्षति नभए पनि आगोलागीबाट गोठ पूर्णरुपमा जलेर क्षति भएको छ ।