कंगनाले उर्मिला मातोडकरलाई पोर्नस्टार भनेपछि …


बलिउड अभिनेत्री उर्मिला मातोडकर रंगिला गर्लका विषयमा अर्की नायिका कंगना रनावतले विवादास्पद टिप्पणी गरेपछि बलिउडमा हल्लिखल्ली भएको छ।
यसलाई लिएर स्वरा भाष्कर, पुजा भट्ट तथा राम गोपाल वर्मालगायत बलिउडका केही कलाकार तथा निर्माता यति बेला उर्मिलाको समर्थनमा उत्रिएका छन्। केही दिनअघि कंगनाले एक अन्तरवार्तामा उर्मिलालाई सप्mट पोर्नस्टार भनेर उनीमाथि निशाना साँधेकी थिइन्। कंगनाले उर्मिलालाई बलिउडमा अभिनयको लागि नचिनिने अभिव्यक्ति पनि दिन भ्याएकी थिइन्। उनको यो टिप्पणीपछि बलिउडमा कंगनाको निकै आलोचना भइरहेको छ।

मानिसहरुले उर्मिलाको २५ वर्षको अभिनय करिअर सादगीप”र्ण र गरिमामय भएको बताएका छन्। केही दिनअघि उर्मिलाले एनडीटीभीलाई दिएको एक अन्तरवार्तामा कंगानाले बलिउड फिल्म उद्योगमा लागूऔषधको सवाल उठाएको बारे बोलेकी थिइन्। कंगानालाई लागूऔषध बारे कुनै जानकारी भए बाहिर आएर बोल्न भनेकी थिइन्। उनको यो अभिव्यक्तिपछि कंगनाले उर्मिलामाथि सप्mट पोर्नस्टार भन्दै निशाना साँधेकी हुन्।