बार्सिलोनाका अध्यक्षविरुद्ध हजारौंको हस्ताक्षर


लन्डन, (एजेन्सी)

स्पेनिस ला लिगा क्लब बार्सिलोनाका अध्यक्ष जोेसेपलाई पदबाट हटाउन हजारौंले हस्ताक्षर गरेका छन्।

बार्सिलोनाका अध्यक्षलाई हटाउन हस्ताक्षर गर्नेको संख्या १२ हजार ७ सय पुगेको जनाइएको छ। अध्यक्ष जोेसेपलाई पदबाट हटाउनका लागि १६ हजार ५ सय हस्ताक्षर आवश्यक रहेको छ।

जसअनुसार उनीविरुद्ध थप ३ हजार ८ सय २० हस्ताक्षर संकलन भएमा अविश्वासको प्रस्ताव लागि पर्याप्त हुनेछ। बार्सिलोनाका कप्तान लियोनल मेसीले क्लब छाड्ने बताएपछि अध्यक्षको विरोधमा यस्तो अभियान शुरू भएको हो।

हस्ताक्षर संकलन टेलिमेटिक सिस्टमबाट गरिएको छ। हालको चर्को आलोचना खेपिरहेका अध्यक्ष जोसेप भने मौन बसेका छन्। बार्सिलोनाले भने २०२१ को मार्चको अन्तिम सातामा अध्यक्ष पदको निर्वाचन गर्ने तय गरेको छ।