निषेधाज्ञामा मौलायो काठ तस्करी


यमलाल भुसाल, बुटवल

रूपन्देहीको कञ्चन गाउँपालिका क्षेत्रमा हरियो सालको काठचोरी निकासी व्यापकरूपमा भएको पाइएको छ । कोरोना संकटले लकडाउन र निषेधाज्ञा जारी रहेको मौका छोपी चोरले काठ चोरीलाई बढावा दिएको बुझिएको छ ।

‘राति गस्ती गरिरहेका बेला मोटरसाइकल छोडेर केही मान्छे भागे’, कञ्चन टोलका स्थानीय भन्छन्– ‘तस्कर हुन सक्ने शंकाका आधारमा खोज्दै जाँदा कञ्चनटोलको खेतमा बेवारिसेरूपमा करिब ९ क्युफिट बराबरको हरियो सालको गोलिया र लु३३प ६५५० नं. को एउटा होन्डा साइन मोटरसाइकल फेला प¥यो ।’

रातभर मोटरसाइकल आवत–जावत गरिरहेपछि थप सालका गोलियाको तस्करी भएको हुन सक्ने भन्दै कञ्चन टोलका स्थानीयले खोज्दै जाँदा कञ्चनको वडा नं. २ स्थित कुत्तागाउँमा ६७ फुट लम्बाइ भएका थप ९ थान गोलिया, करिब ७८ क्युफिटको हरियो सालको गोलियाहरु बरामद गरी रुद्रपुर सामुदायिक वन उपभोक्ता समँह कञ्चन–४ गरगरेलाई जानकारी दिएको स्थानीय हरि थापाले बताउनुभयो । अहिले ती सालकागोलिया र मोटरसाइकललाई रुद्रपुर सामुदायिक वन उपभोक्ता समँह नियन्त्रणमा छ ।

यस्तै गत असार २० गते पनि रुद्रपुर सामुदायिक वन उपभोक्ता समँहले इन्द्रजित विकले सञ्चालन गरेको फर्निचर उद्योगमा करिब २८ क्युफिट बराबरको ५ थान सालका गोलिया नियन्त्रणमा लिएको थियो । आवश्यक कारबाहीका लागि राजनैतिक दल र स्थानीय अगुवासहितको छलफलले आगामी दिनमा सो कार्य दोहो¥याने गरी उनलाई माफी दिएको थियो ।