लन्डन, (एजेन्सी)
अस्ट्रेलियाविरुद्धको तीन खेलको वानडे सिरिजअन्तर्गत दोस्रो खेल इंग्ल्यान्डले जितेपछि सिरिजको टुंगो निर्णायक खेलबाट हुने तय भएको छ। यो जितसँगै सिरिज १–१ को बराबरीमा रहेको छ भने तेस्रो र निर्णायक खेल भोलि बुधबार हुँदै छ। पहिलो खेल अस्टे«लियाले १९ रनले जितेको थियो।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भएको खेलमा इंग्ल्यान्डले अस्टे«लियालाई २४ रनले हराएको हो। इंग्ल्यान्डले २ सय ३२ रनको मध्यम लक्ष्य दिएको थियो। तर, अस्टे«लिया शुरुआती ब्याटिङमै खराब भएपछि २ सय ७ रनमै समेटिएको थियो। इंग्लिस बलर जोफ्रा आर्चरले घातक बलिङ गर्नु नै इंग्ल्यान्डको जित सुनिश्चित भएको थियो।
अस्टे«लियाका भरपर्दा ओपनर डेभिड वार्नर दोस्रो खेलमा पनि फ्लप भएका थिए । उनले ६ रन बनाएर जोफ्रा आर्चरको बलिङमा जोस बटलरलाई क्याच थमाएका थिए। त्यसपछि मार्कस स्टाइनोस पनि छिट्टै पवेलियन फर्केका थिए। ९ रन जोेडेका उनलाई पनि आर्चरले बटलरद्वारा क्याच आउट गराएका थिए।
त्यसपछि कप्तान एरोन फिन्च र मार्नस लाबुसानेले ब्याटिङ सम्हाल्न पुगे। दुवैले तेस्रो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए। जसमा फिन्चले ७३ रन जोडे भने लाबुसानेले ४८ रनको योगदान दिए। टोली २ विकेटको क्षतिमा १ सय ४३ रन बनाएर जित निकट थियो। तर, थप ६४ रन बनाउँदा ८ विकेट गुमाएपछि टोली ४८ दशमलव ४ ओभरमा अलआउट भएको थियो।
इंग्ल्यान्डका बलरमा जोफ्रा आर्चर, क्रिस वोक्स र साम कुरनले समान ३÷३ विकेट लिए। अन्तिम विकेट आदिल रसिदले हासिल गरेका थिए। सबै बलरले राम्रो प्रदर्शन गरे पनि जोफ्रा आर्चर प्लेयर अफ द म्याच घोषित हुन पुगे।
यसअघि इंग्ल्यान्डको ब्याटिङ पनि शुरुआतमा खराब भएको थियो। टोलीले २९ रनका लागि दुई विकेट गुमायो भने १ सय १७ रन पुग्दा ५ विकेट गुमेको थियो । त्यसपछि आयन मोर्गानले सबैभन्दा बढी ४२ रनको योगदान दिए। त्यस्तै, जोए रूटले ३९ रन बनाएका थिए।
तर, बलरहरू टाम कुरन र आदिल रसिदले महत्वपूर्ण रन जोड्दा इंग्ल्यान्ड सम्मानजनक स्कोरमा पुगेको थियो। कुरनले ३७ र रसिदले ३५ रन बनाएका थिए। अस्टे«लियन बलरमा एडाम जाम्पाले ३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट हासिल गरेका थिए। त्यस्तै, जोस हेजलउड, पेट कमिन्स र मिचेल मार्सले १÷१ विकेट हात पारेका थिए।
प्रतिक्रिया