थिएमले जिते पहिलो ग्रान्डस्लाम उपाधि


न्युयोर्क, (एजेन्सी)
अस्ट्रियाका डोमिनिक थिएमले करियरको पहिलो ग्रान्डस्लाम उपाधि जितेका छन्। थिएमले यूएस ओपन टेनिस प्रतियोगिता जितेका हुन्। न्युयोर्कमा भएको मेन्स सिंगल्स फाइनल खेलमा २७ वर्षीय खेलाडीले जर्मनीका एलेक्सान्डर जेभेरेभलाई पाँच सेटमा हराएका हुन्। उनी यसअघि तीनवटा ग्रान्डस्लाम फाइनलमा पराजित भएका थिए।

तर, २३ वर्षीय जेभरेभले भने पहिलो ग्रान्डस्लाम फाइनल खेलेका हुन्। उनले पहिलो दुई सेट ६–२, ६–४ ले जितेर पहिलो ग्रान्डस्लाम फाइनलमै उपाधि जित्ने छनक देखाएका थिए। ग्रान्डस्लाम फाइनलको अनुभवी थिएमले पछिका तीनै सेट जितेर उपाधि हात पारे। उनले अन्तिम तीन सेट ६–४, ६–३, ७–६ ले जितेका हुन्।

थिएम दुई सेटले पछि परेर ग्रान्डस्लाम उपाधि जित्ने अर्जेन्टिनाका गास्टोन गाउडियोपछिका पहिलो खेलाडी हुन्। गाउडियोले २००४ को पे्रmन्च ओपन दुई सेट पछि परेर जितेका थिए। तर, न्युयोर्कमा भने यो धेरै लामो समयपछिको पुनरागमन जित थियो। यसअघि अमेरिकाका पान्चो गोन्जालेसले १९४९ मा यस्तो उपलब्धि हासिल गरेका थिए।

२०१९ को यूएस विजेता राफायल नाडाल र स्वीट्रजरल्यान्डका रोजर फेडेररको अनुपस्थितमा शीर्ष खेलाडी नोभाक जोकोभिच उपाधि दाबेदारमा थिए। तर, उनी चौथो चरणमा अयोग्य ठहरिँदै बाहिरिएपछि थिएम उपाधि दाबेदारमा सबैभन्दा अघि थिए। जोकोभिचले बल प्रहार गर्दा लाइन अम्पायरको घाँटीमा लागेको थियो। उनी १७औं ग्रान्डस्लाम उपाधि विजेता हुन्।

पछिल्लो दशकमा मेन्स सिंगल्सका तीन महारथी नाडाल, फेडेरर र जोकोभिचभन्दा बाहिरका खेलाडीले जित्ने सूचीमा थिएमको नाम पनि समावेश भएको छ। यूएस ओपनअन्तर्गत उपाधि २०१२ मा ब्रिटेनका एन्डी मुरे, २०१४ मा क्रोएसियाका मारिन चिलिच र २०१६ मा स्वीट्जरल्यान्डका स्टान वावरिन्काले जितेका थिए। जबकि, २०११, २०१५ र २०१८ मा जोकोभिच र २०१३, २०१७ र २०१९ मा नाडाल विजेता बनेका थिए।

यसअघि थिएम ग्रान्डस्लाम प्रतियोगिता पे्रmन्च ओपन, अस्टे«लियन ओपनको फाइनलमा पुगेका थिए। तर, उनी पे्रmन्च ओपनका २०१८ र २०१९ दुई संस्करणमा लगातार नाडालसँग पराजित भए। यस्तै, यसै वर्षको अस्टे«लियन ओपनमा जोकोभिचसँग उनी हारेका थिए।