भारतले प्याज निर्यातमा प्रतिबन्ध लगायो


काठमाडौं ।

भारतले सबै प्रकारका प्याज निर्यातमा बन्देज लगाएको छ।

घरेलु माग पुरा नभएपछि भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन।

भारतमै बढ्दो मूल्यका बीचमा केन्द्र सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्णय गरेको हो।

सोमबार एक सूचना मार्फत भारतले प्याज निर्यातमा बन्देज लगाएको जनाएको छ।